‘लभ स्टेसन’को औपचारिक घोषणा



रंगखबर, काठमाडौँ। अभिनेता प्रदिप खड्काको अभिनय रहने चलचित्र ‘लभ स्टेसन’को औपचारिक घोषणा भएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले चलचित्रको घोषणा गरेको हो ।  चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन भने गोविन्द शाही, उज्जल घिमिरे र क्रिशु शाही (काफिया)को चल्चाचित्रमा लगानी रहने छ ।

काफिया फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्र आमा र छोरीको कथामा आधारित हुने जानकारी पनि निर्माण टिमले दिएको छ। अमेरिका र नेपालमा छायांकन हुने चलचित्रको कथा सुवास सिंह बस्नेतले लेखिरहेका छन। भदौको अन्तिम साता वा असोज देखि फ्लोरमा जान लागेको चलचित्रको प्रदर्शन मिति भने आउँदो फागुनको २४ गतेलाई तोकिएको छ। अभिनेत्रीको खोजि कार्य जारी रहेको चलचित्रका अन्य कलाकार पानी चाडै फाईनल हुने जानकारी पनि निर्माण टिमले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्