‘मट्टमिाला’को गीतमा बुद्धीको रोमान्टिक अवतार



रंगखबर, काठमाडौँ- जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार  भएको ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा बुद्दि र रजनीको रोमान्स देख्न सकिन्छ।

चलचित्रमा समावेश उक्त गीतमा सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो गीतमा सुमन राइको संगीत, रोशन भट्टराइको शब्द छ ।  गीतको भिडियोलाई राहुल राइले खिचेका हुन र  राजेश पुमाले कोरियोग्राफी गरेका छन्। अनिलकुमार महर्जनको  सम्पादन छ।

महंगो मुल्यको मट्टमिालाको कथालाई यो चलचित्रले रमाइलो तरिकाले देखाउन खोजेको छ ।टेके पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रले कमेडी र सस्पेन्सलाई देखाउन खोजेको छ ।

चलचित्रमा बुद्दि तामाङ, रजनी गुरुङ, पि्रयंका कार्की, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा टेके राइकै कथा र संवाद छ भने पृथ्वी राइले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्