‘वीराङ्गना’को पोस्टरमा शिल्पाको एक्सन अवतार



रंगखबर, काठमाडौँ-  एक्सन लभ स्टोरीमा आधारित चलचित्र वीराङ्गनाको चार वटा अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप बिक्रम शाही र पृथ्वीराज प्रसाई अटाएका छन। पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ ।

चलचित्रको प्रचार शुरुसँगै चलचित्रले गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ भने बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई सह निर्माता रहेका छन् ।

सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पु¥याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको कथा बोकेको चलचित्रमा शिल्पा, अनुप र पृथ्वीका अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्र यहि असार २९ गतेबाट देशभरका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्