आकाशले ‘ड्रिम गर्ल’ रोमान्स गर्दै



रंगखबर, काठमाडौँ- यहि आउँदो असोज १९ गतेलाई प्रदर्शन मिति तय  गरेको चलचित्र ‘ड्रिम गर्ल’को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गराउदै ‘तिम्रो मायामा’ बोलको गीत दर्शक माझ छोडेको हो। सार्वजनिक गीतमा अभिनेता आकाश श्रेष्ठ  र नव अभिनेत्री आष्मा गिरि फ़िचरिङ्ग भएका छन। अन्जु पन्त र सुरेश लामाको आवाजमा सजिएको उक्त गीतमा अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको संगीत रहेको छ ।

आर. बी. सिनेमाको ब्यानर र रिल एण्ड रियल सिनेमाको सहकार्यमा बनेको चलचित्रलाई ऋषी राज आचार्यले निर्देशन गरेका हुन। ऋषी राज आचार्य कै कथामा आधारित चलचित्रमा लगानी भने  अर्जुन शर्मा, ऋषी राज आचार्य र रामेश्वोर धितालको रहेको छ। सम्राट बस्नेतको द्वन्द, राहुल राई र रामेश्वोर हुमागाईको छायांकन, गम्भीर बिस्टको कोरियोग्राफी रहेको चलचित्रको सम्पादन नबिन निरौलाले गरेका छन।

चलचित्रमा आकाश श्रेष्ठ र आष्मा गिरीको अतिरिक्त विल्सन बिक्रम राई,  सरोज खनाल, लक्ष्मी गिरि, निर्माण शर्मा, शुरवीर पण्डित, पुजा पराजुली, शिशिर भण्डारी आदि कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्