‘अमेरिका बोईज’को लिरिकल गीत ‘आमा’ सार्वजनिक



काठमाडौँ । अघिल्लो शुक्रबारबाट अलनेपाल रिलिज भएको चलचित्र अमेरिका बोईजको लिरिकल गीत आमा युटुवमा सार्वजनिक भएको छ ।

उत्त गीतको सब्द संगीत जयन जे वाइवाको रहेको छ भने गीतलाई सुमित पाठकले आबाज दिएका छन् । उत्त लिरिकल गीतमा आमा प्रतिको माया र सदभाब दर्शाइएको छ ।

चलचित्र अमेरिका बोइजमा रहेको उत्त गीतलाई जतिले पनि सुनेका छन् सबैले सकारत्मक प्रतिक्रिया दिएका छन् । उत्त गीतको म्युजिक एजेन्जर गोपाल रसाइली हुन् ।

चलचित्र यति बेला हलमा लागीरहेको छ । चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन भने प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो ।चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, अर्पण थापा , आसीष प्रशाई , अभय बराल , श्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्