जन्मदिन विशेष: सुरुवाती करियरमा राजेश हमालले झेलेका दुई ठुला स्क्याण्डल



रंगखबर, काठमाडौँ-  आज भन्दा करिब ५४ बर्ष अघि सन १९६४ जुन ९ तारिकका दिन पाल्पाको तानसेनमा जन्मिएका राजेश हमालको आज जन्म दिन परेको छ। चलचित्र ‘युगदेखि युगसम्म’बाट डेब्यु गरेका उनले नेपाली यो क्षेत्रमा कयौ सुपरहिट चलचित्रहरु दिई सकेका छन। आफ्नो कुशल अभिनका कारण पहिलो चलचित्रबाटै सफलताको स्वाद चाखेका थिए । चलचित्र क्षेत्रमै तीन दशक बिताएका राजेश करियरको सुरुवातीसँगै उत्कर्षसम्म बिभिन्न लिङ्कअप र ब्रेकअपका कारण चर्चामा आइरहे । पछि उनले ५० औँ वर्षमा मधु भट्टराईसँग वैवाहिक सम्वन्ध गाँसे ।

धेरै चलचित्र खेलेका कारण र यो क्षेत्रमा लामो समय राज गरेकै कारण राजेशलाई महानायकको उपाधि पनि दिइएको छ । यिनै महानायक करियरको सुरुवातमा दुई ठुला स्क्याण्डलमा मुछिनु परेको थियो । जसले गर्दा उनको हातदेखि चलचित्र नै गुमेको थियो । आज राजेशको जन्मदिन विशेषमा उनको पहिलो स्क्याण्डलको बारेमा चर्चा गर्नेछौ ।

राजेश, कृष्टि र करिश्मा स्क्याण्डल 

डेब्यु चलचित्र ‘युगदेखि युगसम्म’ भएतापनि राजेशलाई ‘भाग्य रेखा’को लागि पहिलो अफर आएको थियो । जुन चलचित्रका निर्देशक आफ्नै स्वर्गीय मामा दीपक रायमाझी थिए । तर, पनि पहिलो चलचित्रका लागि राजेश निक्कै संघर्ष गर्नु पाएको बताइन्छ ।

चलचित्र ‘युग देखि युग सम्म’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेको भनिएका महा नायक राजेश हमाल अनुबन्धित भएको पहिलो फिल्म ‘युग देखि युग सम्म’ नभएर  ‘भाग्य रेखा’ रहेको थियो ।
यो फिल्मका निर्देशक दिपक रायमाझी राजेश हमालका आफ्नै मामा थिए  । तर पनि उनले यो फिल्ममा अभिनय गर्नका लागि निकै संघर्ष गर्नु परेको थियो ।

फिल्मको शुभमुहूर्तको समयमा नायिकाको रुपमा करिश्मा केसी(मानन्धर)रहेकी थिईन , भने प्रमुख अथितिका रुपमा पुर्व परराष्ट्रमंत्री शैलेन्द्र के.उपध्याय रहेका थिए । उपध्याय फिल्मको शुभमुहूर्तको समय भन्दा पहिला नै होटल पुगीसकेका थिए ।  भने राजेश १ घण्टा ढिलो पुगेका थिए ।

पहिलो चलचित्र, त्यसैमा एक घण्टा ढिला । उता स्थापित भैसकेकी करिश्माले नयाँ कलाकारलाई एक घण्टा कुर्नु परेको थियो । नयाँ कलाकारले कुराएको भन्दै करिश्माले फिल्मको लागि थप १० हजार पारिश्रमिक बढाउन आग्रह गरिन । पछि कुरा नमिलेपछि नयाँ कलाकारसँग काम नगर्ने भन्दै उनले चलचित्रबाट हात झिकेकी थिइन् ।

करिश्मा पछि ‘भाग्यरेखा’मा कृष्टि मैनालीलाई अनुबन्धित गरियो । तर, चलचित्रको छायाँकन सुरु हुनु भन्दा पहिले नै कृष्टि र राजेशबीच खटपट भएको हल्ला बाहिरियो । जुन खबरले चलचित्र क्षेत्र ततायो । उता यो खटपटले ‘भाग्यरेखा’लाई असर परेपछि निर्देशक रायमाझीले दुवैलाई चलचित्रबाट निकालिदिए ।

यसरि राजेश पहिलो चलचित्रमै दुई ठुला स्क्याण्डलमा तानिएका थिए । राजेश, करिश्मा र कृष्टि ‘भाग्यरेखा’बाट बाहिरीए पछि रविन्द्र खड्का र मौसमी मल्लले अवसर पाएका थिए । पछि गएर राजेशले दीपककै चलचित्र ‘युगदेखि युगसम्म’बाट डेब्यु गरे । त्यसयता राजेशले पछाडी फर्केर हेर्नु परेन ।

महानायक राजेश हमाललाई रंगखबरको तर्फबाट जन्मदिनको बधाई तथा शुभकामना ।।

प्रतिक्रिया दिनुहोस्