३ स्टार एकैसाथ, के बिपनाले गर्दैछिन कमब्याक ?



रंगखबर, काठमाडौँ- एक समय चलचित्र नगरीमा एकछत्र आफ्नो कब्जा जमाएकी अभिनेत्री बिपना थापा अहिले नेपालमा छिन। भारतीय नागरिकसँग विवाह बन्धनमा बधिएर उतै घरजम गरेर बस्दै आएकी बिपना बेला बेला नेपाल आई नै रहन्छिन। केहि दिन अघि छोराको स्कुलको बिदाको अवसर पारेर नेपाल आएकी बिपनालाई अहिले विभिन्न मिडियाहरुमा अन्तर्वार्ता दिन भ्याई-नभ्याई छ।

बिपना अहिले विभिन्न कार्यक्रमहरुमा सहभागी पनि भैरहेकी छिन। यसै क्रममा एक कार्यक्रममा अभिनेत्रीहरु करिश्मा मानन्धर, बिपना थापा र रेखा थापा एक साथ देखा पर्दा कार्यक्रममा रौनक छाएको थियो । यी ३ स्टारको फोटो अहिले सामाजिक संजालमा चर्चित बनिरहेको छ।  नेपाली सिने नगरीमा पुन: कम्ब्याक गर्न बिपना नेपाल आएकी भन्ने अड्कल पनि सिने वृतमा धरैले गरिरहेका छन । जे होस उनि नेपाल आउनुको कारण जे भए पनि यदि बिपनाले नेपाली चलचित्रमा पुन: कमब्याक गरिन भने उनका फ्यानहरुलाई भने खुसीको खबर हुने थियो ।

प्रतिक्रिया दिनुहोस्