सुजाताको स्वरमा ‘चिमुसिची’को शिर्ष गीत सार्वजनिक



रंगखबर, काठमाडौँ- केहि समय अघि पहिलो गीत सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र  ‘चिमुसीचि’को टाइटल गीत  सार्वजनिक भएको छ।  नेपाल आईडलकि टप ५ मा पर्न सफल  प्रतिष्पर्धी सुजाता पाण्डेको आवाजमा सजिएको उक्त  टाइटल गीतमा नम्रता सापकोटाको जोडदार नृत्य देख्न सकिन्छ। गीतमा सन्तोष पोख्रेलको शब्द तथा करण राज कार्कीको संगीत  छ भने  गीतका कोरियोग्राफर विक्रम स्वार हुन्।

चलचित्रमा नव नायक सुनिल क्षेत्रि र भारतको पपुलर रियालिटी टिभी सो स्प्लिट्सभिल्ला(Splitsvilla Season 8)की प्रतिष्पर्धी समेत रहिसकेकी  नव नायिका अलिसा शर्माको मुख्य अभिनय रहेको छ

चलचित्रलाई  निर्देशक दिनेश श्रेष्ठ निर्देशन गरेका हुन् भने कथा तथा पटकथा पनि उनैको रहेको छ।  चलचित्रमा सुनिल क्षेत्रि र अलिसा शर्मा बाहेक शुसान्त कार्की,शशांक बश्याल,शेखर सुवेदी तथा शिवराज कार्कीको पनि अभिनय रहेको छ।

चलचित्रको छायाँकन बासु न्यौपाने तथा सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। यसका साथै फिल्ममा अरुण गुरुङ,महेश्वर खत्री,सुवाष भुर्तेल,डब बहादुर गुरुङ  गरी जम्मा ४ जनाको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्