अलबिदा मुखिया बा



रंगखबर, काठमाडौँ-  हास्य कलाकार भिमबहादुर थापाको निधन भएको छ। हास्य टेलिश्रृखला तितो सत्यमा दिपाश्रीका ‘धर्म बा’ बनेर चर्चामा आएका  भिमबहादुरको  आज बिहान लगभाग  २ बजे  निधन भएको पारिवारीक स्रोतले जनाएको छ।

लामो समयदेखि थापा मुटु, फोक्सो, कलेजो लगायतका विभिन्न रोगबाट पिडित रहेका  थापाको ९२ वर्षको उमेरमा उनको आफ्नै घरमा निधन भएको हो। उनको नियमित उपचार पनि भइरहेको थियो।

दीपाश्रीसँग देवी सिरियलमा सँगै काम गरेका थापा तितो सत्यबाट चर्चित बनेका थिए। उनले थुप्रै नेपाली चलचित्रमा पनि काम गरेका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्तिम विदाई हुदैछ ।

प्रतिक्रिया दिनुहोस्