रोमियो एण्ड मुनाको ‘भेडेटार घुमौला’ सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- चलचित्र रोमियो एण्ड मुनाको ‘भेडेटार घुमौला’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेका हुन् । यस अघि ३ वटा गीत सार्वजनिक गरिसकेको चलचित्रको चाडै नै अर्को गीत सार्वजनिक हुने जानकारी निर्माता प्रसन्न गोपालीले दिएका छन ।

गीत हेर्नुस :

भी. मोसन पिक्चर्स र के. एस. प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नरेश कुमार केसीले लेखन तथा निर्देशन गरेका हुन् । प्रसन्न गोपालीको लगानीमा बनेको चलचित्रमा बिनय श्रेष्ठ र शृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ। यहि साउन ११ गतेबाट देशभर प्रदर्शन हुन लागेको चलचित्रमा बिनय र शृष्टिका अलावा प्रज्वल सुजल गिरि, शुष्मा कार्की, सुरक्षा पन्त, बसुन्धरा भुसालको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्