‘भैरे’को अफिसियल ट्रेलर सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- केहि समय अघि २ वटा गीत सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र भैरेको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले सो प्रचार सामाग्री दर्शक माझ छोडेको हो। करिब ३ मिनेट १७ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु दयाहाङ राई, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बुद्धि तामाङ, विक्रान्त बस्नेत जस्ता कलाकारहरुलाई केन्द्रित गरिएको छ। ट्रेलरमा एक्सन, कमेडी र सस्पेन्स पनि रहेको भान हुन्छ।

 

चलचित्रलाई अग्निपरिक्षा, कान्छा, मुटु, ठुली लगायतका सफल चलचित्रहरु निर्देशन गरिसकेका निर्देशक एभरेस्ट सुर्य बोहोराले चलचित्रलाई निर्देशन गरेका छन भने प्रेम प्रसाद पौडेल र देवी माया अधिकारीको लगानी रहेको छ । करिब ४० दिनमा सम्पूर्ण छायांकन सकिएको चलचित्रको छायांकन अपर मुस्ताङ्ग, पोखरा र काठमाडौँमा गरिएको हो। पुरुषोत्तम प्रधानले छायांकन रहेको चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । चलचित्रमा गायक यम बराल संगीतकार एवंम सहनिर्माताको रुपमा देखा परेका छन।

यहि साउन ४ गतेबाट अल नेपाल प्रदर्शन हुन लागेको चलचित्रमा अभिनेता दयाहाङ  राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी,बुद्धि तामाङ, विक्रान्त बस्नेतका अलवा जान्वी बोहोरा,  अर्जुन गुरुङ्, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनयरहेको छ ।

प्रतिक्रिया दिनुहोस्