रोमियो एण्ड मुनाको अफिसियल ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- बिनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्र रोमियो एण्ड मुनाको अफिसियल ट्रेलर लन्च भएको छ। चलचित्रको नामले नै  लभ स्टोरी बुझाउने  रोमियो एण्ड मुनाको ट्रेलरमा पनि पात्रहरु बीचको क्यामेस्ट्रीलाई देखाईएको छ।

चलचित्रको ट्रेलरमा मुना र रोमियो बीचको  प्रेमको सुरुवात तथा  मुनाको माया पाउन रोमियोले आफ्नो कान काट्ने सम्म गर्नु परेको संघर्षको झलकलाई देखाईएको छ।

भी. मोसन पिक्चर्स र के. एस. प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नरेश कुमार केसीले लेखन तथा निर्देशन गरेका हुन् । प्रसन्न गोपालीको लगानीमा बनेको चलचित्र यहि साउन ११ गतेबाट देशभर प्रदर्शन हुदैछ ।  चलचित्रमा बिनय र शृष्टिका अलावा प्रज्वल सुजल गिरि, शुष्मा कार्की, सुरक्षा पन्त, बसुन्धरा भुसालको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्