बादी महिला र पण्डितको प्रेम-कथामा ‘पण्डित बाजेको लौरी’ – ट्रेलर हेर्नुस



रंगखबर, काठमाडौँ- केहि  समय अघि टिजर र पहिलो गीत सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २६ सेकेन्डलामो ट्रेलरमा कमेडी, प्रेम, बदला, आक्रोस, पश्चाताप, द्वन्दलाई देखाउन खोजिएको छ ।

ट्रेलर हेर्नुस :

दीपक ओलीले निर्देशन गरेको चलचित्रमा बादी महिला र पण्डित बीचको प्रेम कथा र त्यसबाट उत्पन्न हुने आरोह- अवरोहलाई देखाउन खोजिएको छ । चलचित्रमा अभिनेत्री सन्ध्या केसी बदिनी र प्रविन खतिवडा पण्डितको भूमिकामा देखा परेका छन ।

अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले निर्माण गरेको चलचित्रमा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।

यहि साउन ४ गतेबाट अलनेपाल प्रदर्शन हुन लागेको चलचित्रमा प्रविन र सन्ध्याका अलावा  विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्