अनुपको ‘पुरानो बुलेट’मा वर्षा र माला पक्का



रंगखबर, काठमाडौँ- चलचित्र पुरानो बुलेटको औपचारिक घोषणा भएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले चलचित्रको घोषणा गरेको हो । अनुप बिक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहने चलचित्रलाई लामो समय देखि पत्रकारिता क्षेत्रमा कलम चलाउदै आईरहेका पत्रकार भिषण राईले निर्देशन गर्ने भएका छन।

क्रेजी इन्टरटेमेन्ट ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईको लगानी रहने छ भने सन्तोष राई कार्यकारी निर्माताको रुपमा देखा पर्ने भएका छन । हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको आवाज रहने चलचित्रमा प्रशान्त  तामाङको  कोरियोग्राफी रहने छ  ।

यहि असारको १५ गतेबाट फ्लोरमा जान लागेको चलचित्रको छायांकन पुर्वका रमणीय स्थलहरुमा गरिने छ। यहि मङ्सिरमा प्रदर्शन मिति तय गरिएको चलचित्रमा अनुप, वर्षा र मालाका अलावा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय रहनेछ ।

तस्बिर : बिशाल हसीन राई 

प्रतिक्रिया दिनुहोस्