‘तिमी हुन्छौ जहाँ जहाँ’लाई दर्शकको साथ, यस्तो छ कलेक्सन



रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र तिमी हुन्छौ जहाँ जहाँलाई दर्शकहरुले रुचाएका छन। नेपाल भरिबाट  ८५ भन्दा बढी हलहरुमा प्रदर्शन भै रहेको चलचित्रले शुक्रबार दर्शकहरुको राम्रो साथ पाएको थियो । त्यस्तै चलचित्रले बिदाको दिन शनिबार र हिजो आईतबारसम्म कुल ३० लाख भन्दा बढी कलेक्सन गरेको जानकारी निर्माण टिमले दिएको छ ।

मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ मुख्य भूमिकामा देखीएका चलचित्र लभ स्टोरी जनराको हो लभ, रोमान्स र एक्सनले भरिपूर्ण बहेकाले पनि चलचित्रलाई दर्शकले रुचाएका छन  । डेव्यु निर्देशक बिकास बस्याल निर्देशित चलचित्रमा मदन दवाडीको प्रस्तुती,प्रकाश बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीको निर्माण,अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र रामशरण उप्रेतीको छायांकन रहेको छ। चलचित्रमा मनिष र मलिनाका साथमा स्वरूपपुरुष ढकाल, रवी गिरीका, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतका कलाकारहरुको भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्