सलोनलाई यसरी घेरे युवतीहरुले, प्रमोसनको पहिलो दिनमै देखियो सलोनको क्रेज !



रंगखबर, काठमाडौँ- हिजो मात्र अफिसियल ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘बाबु कान्छाले प्रमोसन सुरु गरेको छ। प्रमोसनको पहिलो दिन निर्माण युनिटले  राजधानीका दुई कलेजहरु हिमालयन र क्यारिबियनमा गएर चलचित्रको प्रमोसन गरेका छन ।

सलोन बस्नेतलाई केन्द्रिय भूमिकामा प्रस्तुत गरिएको चलचित्रलाई राजधानीका विद्यार्थीहरुले निकै चासो दिनुका साथै चलचित्र हेर्ने बाचा समेत गरेका छन ।

सलोन नेपाली युवा दर्शक माझ लोकप्रिय नाम भएकाले पनि चलचित्र चल्नेमा निर्माण टिम ढुक्क छ । राजधानी प्रमोसन सकेर निर्माण टिम चाडै नै मोफोसल प्रमोसनमा हिड्ने जानकारी निर्माता/निर्देशक शोभित बस्नेतले दिएका छन ।

कलेज लाईफमा हुने उतार चढावलाई मुख्य विषय बनाएर बनेको चलचित्र लभ स्टोरी, कमेडी र एक्सन जनरामा बनेको छ।

होस्टल, एमेरो हजुर२, गाजलु जस्ता सुपरहिट चलचित्र दर्शक माझ दिई सकेका सलोन सो चलचित्रमा भने लिड रोलमा प्रस्तुत भएका छन ।

अभिनेता तथा निर्मंता शोभित बस्नेतले पछिल्लो पटक निर्माण तथा निर्देशन गरेको चलचित्रमा सलोनका अलावा करिष्मा श्रेष्ठ,नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला,  ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।

यसै  चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्। चलचित्र यहि असार २९ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुदैछ ।

 

प्रतिक्रिया दिनुहोस्