साम्रागी र धिरजको इन्टु मिन्टू लन्डनमा को टिजर रिलिज



रंगखबर, काठमाडौँ- बर्षकै बहु प्रतिक्षित मानिएको चलचित्र ‘ईन्टू मिन्टू लन्डनमा’ को अफिसियल टिजर सार्वजनिक भएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले दर्शक माझ सो प्रचार सामाग्री छोडेको हो।

सार्वजनिक टिजरमा मुख्य पात्र साम्रागी राज्यलक्ष्मी शाह र धिरज मगर फ़िचरिङ्ग भएका छन।

झट्ट टिजर हेर्दा ‘लङ्ग डिस्टेन्स रिलेसनशिप’मा आउने उतारचढावमा आधारित चलचित्र हो की भनेर अड्कल गर्न सकिन्छ । धिरज र साम्रागीको जोडीलाई टिजरमा लोभ लाग्दो तरिकाले देखाईएको छ ।

आईकोर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कोरियोग्राफीमा १० बर्षको अनुभव बटुलेकी चर्चित कोरियोग्राफर रेनषा बान्तवा राईको डेब्यु निर्देशन रहेको छ। चलचित्रलाई प्रज्वल समशेर राणाले निर्माण गरेका हुन। छायांकनका लागि करिब ६१ दिन लागेको चलचित्र ३० प्रतिशत नेपालमा र बाकी सबै यु.के. गरिएको हो। यहि असोज ५ गतेलाई तय गरिएको चलचित्रमा साम्रागी र धिरजका अलावा शाहरुख ताम्राकारको पनि मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्