बन्ने भयो ‘मायाङ्क’ तर किन लुकाउदै छ टिमले मुख्य अभिनेत्री ?



रंगखबर, काठमाडौँ- चलचित्र  ‘मायाङ्क’ बन्ने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गरेको हो।

लभ स्टोरीमा बन्न लागेको चलचित्रमा  प्रशान्त ताम्राकार, ज्योत्शाना योगी र नव अभिनेता सुशील उप्रेतीको अभिनयमा रहनेछ। चलचित्र भित्रकि मुख्य अभिनेत्रीलाई भने निर्माण टिमले कार्यक्रममा उपस्थित गराएनन।

टिमले कुन अभिनेत्रीलाई चलचित्रको लिड रोलमा लिदैछन भन्ने बारे जानकारी दिएनन तर कथाको माग अनुसार अभिनेत्रीलाई अहिले गुपचुप रखिएको जानकारी निर्माण टिमले दिएको छ ।

यहि भदौको पहिलो सातामा फ्लोरमा जान लागेको चलचित्रलाई रोजी मानन्धरले निर्देशन गर्दैछिन जुन उनको डेब्यु निर्देशन रहनेछ भने जितेन्द्र खतिवडाले चलचित्रमा लगानी गर्दैछन।

 

प्रतिक्रिया दिनुहोस्