चलचित्र ‘चिमुसीचि’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – सिल्बर लेक पिक्चर्सको ब्यानर तथा युवराजकार्कीको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘चिमुसीचि’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर हेर्दा प्रेम बदला र द्वन्दलाई समेटिएको जस्तो देखिन्छ । करिब २ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका मुख्य पात्र सुनिल क्षेत्रि र अलिसा शर्मा केद्रित छन। श्रावण ११ गते देशभर प्रदर्शनमा आउने उक्त चलचित्रको अहिले सम्म दुई वटा गीत समेत सार्वजनिक गरिसकिएको छ।

चलचित्रमा नव नायक सुनिल क्षेत्रि र भारतको पपुलर रियालिटी टिभी सो स्प्लिट्सभिल्ला(Splitsvilla Season 8)की प्रतिष्पर्धी समेत रहिसकेकी नव नायिका अलिसा शर्मा तथा सुशान्त कार्कीको मुख्य अभिनय रहेको छ, भने उनीहरुको अलावा कमली वाइवा,शशांक बश्याल,शेखर सुबेदी तथा शिवराज कार्कीको समेत अभिनय रहेको छ।

प्रोमो यो लिंकमा :

चलचित्र चिमुसीचिका निर्देशक दिनेश श्रेष्ठ हुन् साथै कथा तथा पटकथा पनि उनैको रहेको छ।चलचित्रको छायाँकन बासु न्यौपाने तथा सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। यसका साथै चलचित्र ‘चिमुसीचि’मा अरुण गुरुङ,महेश्वर खत्री,सुवाष भुर्तेल,डब बहादुर गुरुङ गरी जम्मा ४ जनाको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्