अनुप र शिल्पाले कसे लगनगाँठो



रंगखबर, काठमाडौँ- यहि असार २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र वीराङ्गना अहिले विभिन्न कारणले गर्दा चर्चामा छ। ट्रेलर र गीत सार्वजनिक गरिसकेको चलचित्र अहिले भने शिल्पा र अनुपको फोटोका कारण चर्चामा आएको छ। हालै निर्माण टिमले नायक अनुपविक्रम शाही सुटिङमै व्यस्त भएको र चलचित्रको  प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि चलचित्रभित्रको मूख्य सिनको केही फोटो सार्वजनिक गरिएको छ । उक्त फोटोमा नायिका शिल्पा पोखरेल र नायक अनुप विक्रम शाही विवाह बन्धनमा बाँधिएका छन ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रले सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पुर्याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको कथा बोकेको छ।  चलचित्रमा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ भने बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई सह निर्माता रहेका छन ।

चलचित्रमा शिल्पा पोखरेल , अनुप बिक्रम शाही , पृथ्वीराज प्रसाईका अलावा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्