ल्याङ्ग ल्याङ्गको औपचारिक घोषणा



रंगखबर, काठमाडौँ- चलचित्र ल्याङ्ग ल्याङ्ग बन्ने भएको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गरेको हो। चलचित्रलाई कलाकार तथा निर्माता करण श्रेष्ठले निर्देशन गर्न लागेका हुन। यस अघि केहि चलचित्र निर्माण गरिसकेका उनको यो चलचित्र भने डेब्यु निर्देशनमा बन्ने छ ।

रिच इन्टरटेमेन्टको प्रस्तुति तथा निर्देशक करणकै माता अमृत माया श्रेष्ठले लागनी गर्न लागेको चलचित्रमा सोमकुश्कु माझीको कथा, प्रदिप कुमार चौधरीको पटकथा/ संवाद, टंक बुढाथोकीको संगीत, अर्जुन भट्टराईको शब्द, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र शंखर पाण्डे प्रोडक्सन म्यानेजर रहनेछन।

भदौको अन्तिम साताबाट फ्लोरमा जाने चलचित्रको छायांकन काठमाडौँ, सिन्धुली, अष्ट्रेलिया र बराहिनमा हुने जानकारी निर्माण टिमले दिएको छ । चलचित्रमा नाजिर हुसेन, शुश्मिता बुर्लाकोटी, बुद्धि तामांग, प्रदिप चौधरी, विजय बराल, भोला सापकोटा, कमल मणि नेपाल, रञ्जन खतिवडा, सरीता गिरि, दविराम पराजुली, किशोर भण्डारी, शिवहरी पौडेल, दमन रुपाखेती, जीवन भट्टराई आदि कलाकारको अभिनय रहनेछ भने चलचित्रकी मुख्य अभिनेत्रीको भने नाम अझ सम्म फाईनल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्