कट्टर दुश्मनहरुले हल संचालकले एकसाथ गर्दैछन चलचित्र वितरण, कस्तो होला मित्रता?



रंगखबर, काठमाडौँ- नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समयमा डिस्ट्रुबिसन कम्पनि खोल्ने होडबाजी नै चलेको छ । त्यसो त संख्यात्मक रुपमा बढेका ति कम्पनिहरुले गुणात्मक सेवा दिन नसक्दा निस्क्रिय बनिरेहका तितो यथार्थ हामि माझ छदै छन् । यसैबिचमा नेपाली सिनेजगतका पुराना डिस्ट्रुबिटर तथा सिंगल थिएटरका बाघ सिनेमाहल मानिने तिन सिनेमा हल गुण,अष्टनारायण तथा गंगाहलका संचालकहरु मिलेर नयाँ डिस्ट्रुबिसन कम्पनि संचालनमा ल्याएका छन् ।

आज राजधानिमा एक पत्रकार सम्मेलन गरेर जि जि ए ग्रुप प्राईभेट नाम राखिएको उक्त कम्पनिको औपचारिक जानकारी दीईयो । झण्डै १५ बर्ष एकल डिस्ट्रुबिसन गरेर केही समय डिस्ट्रुबिसनबाट बिश्राम लिएका गगां हल संचालक मदनमान बज्राचार्यले केही समय अघि चलचित्र संघ र निर्माता संघको सम्झौता अनुरुप रहेर आफ्नो संस्थाले काम गर्ने जानकारी गराए । “हलले जतिसुकै समयमा पैसा दिए पनि निर्मातालाई हामि फिल्म उत्रेको दुई हप्ता भित्र रकम भुक्तानी गर्नेछौ “, उनले थपे ।

उक्त कार्यक्रममा बोल्दै सभाषद तथा चलचित्रकर्मी रामबिर मानन्धरले बक्स अफिसले मात्र हिसाब किताब क्लिएर नगर्ने भन्दै निर्माता, हल संचालक र डिस्ट्रुबिटर आफैमा पनि हिसाबमा क्लियर हुनु पर्ने जिकीर गरे । जिजिए ग्रुपले अशोक शर्माको चलचित्र जय भोलेबाट डिस्ट्रुबिसनको काम थाल्ने भएको छ । आज नै अशोक शर्मा संग कप्पनिका संचालकहरुले सम्झौता पत्र पनि साटासाट गरे ।

आपसी मनमुटाबकै कारण केही त्यस्ता आशा लाग्दा डिस्ट्रुबिसन कम्पनिहरु बन्द भईरहेको स्थितीमा केही समय अघि सम्म कट्टर दुस्मन ठानिएका गंगा र अष्टनारायणको यो सहकार्य भने आम चलचित्रकर्मीमा चासोको बिषय बन्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्