‘कस्मिक लभ’को छायांकन स्थलबाटै बाहिरियो यस्ता तस्बिरहरु



रंगखबर, काठमाडौँ- मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको चलचित्र ‘कस्मिक लभ’ को छायांकन धमाधम भइरहेको छ । निर्माण टीमले केहि समय अघि मात्रै काठमाण्डौमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक घोषणा सहित शुभसाइत गरेको थियो ।

गत असार ११ बाट छायांकन शुरु गरिएको चलचित्रको ललितपुर स्थीत बज्रबाराहीमा शुटिङ भइरहेको छ। यसै बीच निर्माण टीमले शुटीङ सेटबाट  केहि तस्बिर सार्वजनिक गरेको छ। जसमा नयाँ कलाकारहरु पुजन थापा तथा रिजन थापा देखिएका छन्।

रोमान्टिक कमेडी जनरामा निर्माण भइरहेको चलचित्रमा,सस्पेन्स पनि रहेको  छ । जय गौतमको लगानी,  रुपमा डि.एन. दाहालकार्यकारी निर्माता रहेको चलचित्रलाई  बि.एस बलामी तथा एस. अधिकारीले  निर्देशन गर्दैछन ।

सुरज प्रधानको प्रस्तुती रहेको चलचित्रमा पहिलो पटक अर्पण थापा, प्रशान्त ताम्राकार,रोबिन तामाङ तथा नायिका दिया मास्केलाई एकै साथ देख्न सकिने छ । यसका साथै नव नायक तथा नायिकाको रुपमा रिजन थापा तथा पुजन थापाले यसै चलचित्रबाट डेब्यु गर्दैछन्।

सुरेश बझ्रचार्यको छायांकन,शेखर ज्ञवालीको लेखन,तथा संगीत बाबुल गिरीको तथा बाबु साहेबको एक्सन, कबिरराज गहतराज तथा रामजी लामिछानेले गीतमा कोरियोग्राफी रहने चलचित्रलाई  बिपिन मल्लले सम्पादन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्