कहिँ कतै को अफिसियल पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ- यहि साउन २५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र कहिँ कतै को अफिसियल पोस्टर सार्वजनीक भएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु उमा बेबी, शिबानी गिरि, दिलिप रायमाझी, केदार खतिवडा र नव अभिनेता सोनम बरफुङ्गपा फिचारिंग भएका छन।

उमा बेबीले निर्माण गरेको चलचित्रमा उनकै छोरी सिबानी गिरिले डेब्यु गर्दै छिन भने उनि सगै सिक्किममा मोडल सोनम बरफुङ्गपाले पनि नेपाली चलचित्र क्षेत्रमा पाईला चल्दै छन । सविर श्रेष्ठले निर्देशन गरेको चलचित्रमा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन जीसीको सम्पादन, रोशन श्रेष्ठको एक्सन, सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

यहि अघि चलचित्रका निर्माण टिमले गीत र ट्रेलर सार्वजनिक गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्