छायांकनरत चलचित्र ‘मेरी मामु’को बाहिरियो फस्ट लुक पोस्टर



रंगखबर, काठमाडौँ- छायांकनरत चलचित्र ‘मेरी मामु’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र एवंम निर्माता सन्तोष सेनका छोरा आयुव सेनलाई प्रस्तुत गरिएको छ । आसुसेन फिल्म्सबाट निर्माण हुदै गरेको चलचित्रमा आयुवका अलावा अश्लेशा ठकुरी, कुसुम गुरुङ र सारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ।

आमा छोरा बीचको माया र सदभावलाई मुख्य विषय बनाएर बनाईने चलचित्रलाई निर्देशक यम थापाले निर्देशन गर्दैछन ।  ७० प्रतिशत छायाङ्कन सकिसकेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्दै छन । निर्देशक स्वयम् कै कथा रहेको चलचित्रको छायांकन सकिए लगत्तै  पोस्ट प्रोडक्सनमा जाने जानकारी निर्माता सेनले दिएका छन। चलचित्रको प्रदर्शन मिति भने यहि भदौको १४ गतेलाई तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्