मोफसल भ्रमणमा ‘बाबु कान्छा’ टिम



रंगखबर, काठमाडौँ – चलचित्र ‘बाबु कान्छा’ को निर्माण टीम यतिबेला चलचित्र प्रोमोशनमा व्यस्त बनेको छ। यतिबेला चलचित्र निर्माण टिम  मुख्य कलाकारहरु सहित प्रचारको लागी चितवन पुगेको छ। यसअघि टिमले प्रचारको लागी हेटौडामा समेत पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो।

चलचित्र प्रोमोसनको लागी चलचित्रका मुख्य कलाकारहरु  सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ तथा सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारी उक्त प्रेस मिटमा सहभागी रहेका थिए। साथै चलचित्र बारे जानकारी दिने क्रममा शुक्रबारनै  चितवनको नारायणगढमा समेत प्रेस मिट गरिएको थियो।

कार्यक्रममा बोल्दै नायक सलोन बस्नेतले बाबु कान्छा सपरिवार बसेर हेर्न सकिने फिल्म बनेको बताए । साथै आफु  लगायत सबै कलाकारले निकै मिहेनतको साथ काम गरेकोले बाबु कान्छा राम्रो बनेको सलोनको दाबी रहेको छ ।

असार २९ मा रिलिज मिती तोकिएको चलचित्र ‘बाबु कान्छा’ मा  शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको छ।

भने उक्त फिल्ममा सलोन बस्नेत, करिष्मा श्रेष्ठ,नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला,  ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

चलचित्र बाबु कान्छा चितवन, बिरगञ्ज, लम्जुङ घले गाउँ र काठमाण्डौ लगायतका ठाउँहरुमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्