‘मिस्टर भर्जिन’को टिजरमा गौरवले सकेनन कन्डम किन्न – भिडियो



रंगखबर, काठमाडौँ- केहि समय अघि ‘टुल्की] बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा यौन मनोविज्ञानलाई समेटिएको छ। टिजरमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, विजय बराल, कमलमणि नेपाल तथा मरिस्का पोखरेल फ़िचरिङ्ग भएका छन।

बिषारद बस्नेतको निर्देशनमा बनेको चलचित्रमा कथा\पटकथा विशारत बस्नेत, विजय थापा, अजय पन्त, फिरा लामा, सन्तोष बोहोरा, कपिल खड्का, स्नेहा पौडेल, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीको रहेको छ ।  खिलेन्द्र तिम्सिना, मुखेश रेग्मी, प्रजापति सिवाकोटी, बिशारत बस्नेतको लागनी रहेको चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन।वर्ल्ड वाइड फिल्मस् डिस्ट्रीव्युसन प्रालीको ब्यानरमा निर्माण भएको  चलचित्र यहि भदौ १ गतेबाट देशभर प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्