भदौमा विल्सनले ३ साली एकसाथ ल्याउदै – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- कमेडी जनरामा बनेको चलचित्र ‘साली कसको भेनाको’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। ३ मेनेट लामो ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु विल्सन विक्रम राई, रजनी गुरुङ, बुद्धि तामांग, मरिश्का पोखरेल, शुष्मा कार्की आदि फ़िचरिङ्ग भएका छन ।

प्रोमो हेर्नुस :

मुभिङ्ग पिक्चर्स प्राईभेट लिमिटेडको ब्यानरमा भद्र बस्नेतको निर्देशनमा बनेको चलचित्रलाई रामप्रसाद श्रेष्ठ,सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । चलचित्रलाई प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी र मीन घलानको सङ्गीत, दीर्घ गुरुङको छायांकन, पुष्प आचार्यको कथा, बनिश शाहको सम्पादन गरेका हुन।

यहि भदौ २९ गते बाट प्रदर्शन हुन् लागेको चलचित्रमा विल्सन विक्रम राई, रजनी गुरुङ, बुद्धि तामांग, मरिश्का पोखरेल, शुष्मा कार्कीका अलावा जयनन्द लामा,कविता आले, बीरेन श्रेष्ठ,पुष्प आचार्यको पनि अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्