रियल स्टोरी ‘बोबी’ले गर्यो प्रिमियर



रंगखबर, काठमाडौँ- रियल स्टोरी, रियल क्यारेक्टरमा आधारित चलचित्र ‘बोबी’ले  प्रिमियर संम्पन गरेको छ। काठमाडौँको कुमारी हलमा बुधबार ब्याण्ड बाजाका साथ रेड कार्पेट प्रिमियर सम्पन्न गरेको हो। प्रिमियरमा चलचित्रका कलाकारहरु सहित अभिनेता रमेश उप्रेती, मुना कार्की, राजेशपायल राई, भद्रगोलका रक्षा श्रेष्ठ, सागर लम्साल, हरिश निरौला ‘कक्रोज’ जस्ता कलाकारहरुको उपस्थिति  रहेको थियो ।

रियल स्टोरी र रियल क्यारेक्टर भएकाले पनि चलचित्रलाई प्रिमियरमा  रुचाईएको छ । दूइ प्रेमी उमेश थापा  र कबिता गुरुङ को प्रेम संघर्ष र सफलतामा आधारित चलचित्रमा उमेश र कबिताका साथ उनीहरुका पुत्र एलिस थापा, क्याप्टेन विजय लामा, रुबी राणा, देशभक्त खनाल, सुरबीर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चाम्स ईन्टरटेमेंट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा संचारकर्मी नरेश भट्टराईको रहेको छ । यहि शुक्रबारबाट अल नेपाल प्रदर्शन हुन लागेको चलचित्रमा  नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र तारा प्रकाश लिम्बुको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्