छायांकनमा कस्मिक लभको ‘माया तिमीलाई’



रंगखबर, काठमाडौँ-  गत असार ११ गते बाट फ्लोरमा गएको चलचित्र ‘कस्मिक लभ’को छायांकन अहिले धमाधम भै रहेको छ । यसै क्रममा चलचित्रका निर्माण टिम अहिले मकवानपुरको कुलेखानी पुगेको छ जहाँ ‘माया तिमीलाई’ बोलको गीतको छायांकन भईरहेको छ। बाबुल गिरी तथा मिलन अमात्यले आवाज दिएको गीतमा गायक स्वयम्ले  संगीत भरेका छन भने  दिनेश सुबेदीको शब्द  रहेको छ। 

रामजी लामिछानेले कोरियोग्राफ गरिरहेको गीतमा नव कलाकारहरु द्वय रिजन थापा तथा पुजन थापाको केमेस्ट्रि देख्न सकिन्छ। यसै बीच निर्माण टीमले शुटीङ सेटका केहि तस्बिर समेत सार्वजनिक गरेको छ। जसमा कलाकारहरु पुजन थापा तथा रिजन थापा देखिएका छन्।

चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार,रोबिन तामाङ तथा नायिका दिया मास्के, रिजन थापा तथा पुजन थापाका साथै चलचित्रमा राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरुको समेत अभिनय छ।   

 

जय गौतमको लगानी रहेको चलचित्रलाई बि.एस बलामी तथा एस. अधिकारी निर्देशन गरिरहेका छन् भने कार्यकारी निर्माताका रुपमा डि.एन. दाहाल छन्।

मुभी मेकर्सको ब्यानरमा बनिरहेको चलचित्रको कथा शेखर ज्ञवालीले लेखेका हुन भने चलचित्रलाई  सुरेश बज्राचार्य खिचिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्