‘कायरा’को पहिलो गीतमा आर्यन-साम्रागीको लोभ लाग्दो केमेस्ट्री- भिडियो



रंगखबर, काठमाडौँ- केहि समय अघि ट्रेलर सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र ‘कायरा’को पहिलो गीत सार्वजनिक भएको छ। ‘सुखमा तिमीसँग’ बोल रहेको उक्त गीतमा आर्यन सिग्देल र साम्रागी राज्य लक्ष्मी शाहको रोमान्टिक अवतार देख्न सकिन्छ । केतन क्षेत्रिको सुमधुर आवाजमा सजिएको उक्त गीतमा शब्द तथा संगीत कोशिश क्षेत्रिको रहेको छ ।

गीत हेर्नुहोस :

आर्यन सिग्देल ईन्टरटेमेन्ट र रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरॆका छन भने आर्यन सिग्देल र लक्ष्मण रिजालको लगानी रहेको छ । कोशिश क्षेत्रि, अर्जुन पोखरेल र कल्या सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी रहेको चलचित्रमा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, त्रोयेश न्यौपाने, मरिषा श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ । चलचित्र यहि साउन १८ गतेबाट देशभर प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्