आयुष्मान र प्रियंकाले गरे इन्गेजमेन्ट, विवाहा कैले ?



रंगखबर, काठमाडौँ- गत डेढ बर्ष देखि प्रेम सम्बन्धमा रहदै आएको जोडी आयुष्मान र प्रियंकाले अन्तत आफ्नो सम्बन्धलाई नाम दिने घोषणा गरेका छन ।

अर्थात् यी दुईले शनिबार गोप्य रुपमा फुलमाला गरेका छन । पारिवारिक सदस्यहरु मात्रैको उपस्थितिमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन ।

सो कुराको खुलासा भने आयुष्मानकि आमा रबिना देशराजले आफ्नो इन्स्टाग्राम मार्फत गरेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । उनले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन् ।

प्रेम सम्बधमा रहेको दिन देखि नै आलोचना खेपेको यो जोडीले विवाहा चाहिँ कहिले गर्छन यो भने चासोको विषय बन्ने भएको छ । जे होस् आयुष्मान र प्रियंकालाई इन्गेजमेन्टको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्