आर्यन र सृष्टिको लोभ लाग्दो केमेस्ट्रीमा ‘बाँध मायाले’को टिजर



रंगखबर, काठमाडौँ- अन्तत : चलचित्र बाँध मायाले को अफिसियल टिजर सार्वजनिक भएको छ । सार्वजनिक डेढ मिनेट लामो चलचित्रको टिजरमा मुख्य पात्रहरु आर्यन अधिकारी र सृष्टि श्रेष्ठको लोभ लाग्दो प्रेम कथा र  दुई बिचको द्धन्द्धलाई देखाउन खोजिएको छ ।

टिजर हेर्नुस:

सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानी रहेको छ । अर्जुन पोखरेलको संगीत,  कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन र  रोशन श्रेष्ठको द्वन्द रहेको चलचित्रले प्रेम कथा बोकेको छ । यहि असोज ५ गतेबाट प्रदर्शन हुन् लागेको चलचित्रमा सृष्टी र आर्यनका अलावा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । सोहि चलचित्रबाट नव अभिनेताको रुपमा किशोर खड्काले डेब्यु गर्दै छन ।

प्रतिक्रिया दिनुहोस्