’चि मुसी चि’को नँया गीतमा मायाको कुरा गर्दै सुनिल र अलिशाको – भिडियो



रंगखबर, काठमाडौँ- प्रमोसनलाई तिव्र रुपले अघि बढाई रहेको चलचित्र  ’चि मुसी चि’को नँया गीत सार्वजनिक भएको छ ।  ’आउ आज मायाको’ बोलको गीतमा अलिशा र सुनिल माया प्रितीका कुरा गर्दै रमाई रहेका छन । अल्मोडा उप्रेतीको आअवज रहेको उक्त गीतमा सुरज अधिकारीको शब्द तथा संगीत छ ।

गीत हेर्नुस :

चलचित्रलाई  निर्देशक दिनेश श्रेष्ठ निर्देशन गरेका हुन् भने कथा तथा पटकथा पनि उनैको रहेको छ।  चलचित्रमा सुनिल क्षेत्रि र अलिसा शर्मा बाहेक शुसान्त कार्की,शशांक बश्याल,शेखर सुवेदी तथा शिवराज कार्कीको पनि अभिनय रहेको छ।

चलचित्रको छायाँकन बासु न्यौपाने तथा सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। यसका साथै फिल्ममा अरुण गुरुङ,महेश्वर खत्री,सुवाष भुर्तेल,डब बहादुर गुरुङ  गरी जम्मा ४ जनाको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्