प्रदर्शन मिति सहित झमक बहादुरको ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- श्रावणको १८ गते बाट प्रदर्शनमा आउने चलचित्र झमक बहादुरको ट्रेलर सार्वजनिक गरिएको छ। अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र झमक बहादुरलाई बोमन कटवालले निर्देशन गरेका हुन्।

प्रोमो हेर्नुस् :

अनुपका अलावा चलचित्रमा राजु कमेडी, यादव देवकोटा सरापे, सुजता थापा,राजन मर्हन, मिन कुमार तामाङ, नियोग गुरुङ, कल्याण अधिकारी, कोनिका घिमिरे र शान्त प्रसाद श्रेष्ठको समेत अभिनय छ ।

चलचित्र झमक बहादुर लाई कल्याण अधिकारीले लेखेका हुन्। साथै संवाद भने राजन भुजेलको रहेको छ। चलचित्रका निर्माता मिन कुमार तमाङ हुन् भने  कोपिला कुमारी डल्लाकोटीसह निर्माताको रुपमा रहेकी छन्।

प्रतिक्रिया दिनुहोस्