‘ब्ल्याक’ को रोमान्टिक गीत सार्वजनिक



रंगखबर, काठमाडौँ- केहि समय अघि ट्रेलर सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र  ‘ब्ल्याक’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । तिम्रो लागी बोल रहेको उक्त गीतमा चलचित्रका मुख्य पात्र आँचल र आकाशलाई फ़िचरिङ्ग गरिएको छ । स्वर अञ्जु पन्त र दीपक लिम्बुले स्वर रहेको उक्त गीतमा महेश खड्काको संगीत रहेको गीतमा डा.कृष्णहरी बारालको शब्द रहेको छ भने रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका छन ।

गीत हेर्नुस :

प्रदीप श्रेष्ठ निर्देशन रहेको चलचित्रको निर्माण भने आश्मा पाण्डेले निर्माण गरेकी हुन । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा आकाश र आँचलका साथमा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको पनि अभिनय छ । चलचित्र यहि भदौ १ गतेदेखि  प्रदर्शनमा आउँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्