प्रदिपलाई धुर्मुस-सुन्तली र महजोडीबाट फिल्मको अफर, कसको गर्लान फिल्म ?



रंगखबर, काठमाडौँ- अहिलेका निकै ब्यस्त एवं सबै भन्दा बढी माग गरिने अभिनेता हुन् प्रदिप खड्का । पहिलो चलचित्र स्केपबाट सिने नगरीमा डेब्यु गरे पनि चलचित्र प्रेम गीतबाट एकाएक चर्चामा रहेका उनलाई अहिले निर्देशक निर्माताहरु आफ्नो प्रोजेक्ट साईन गराउन लाईनमा हुने गर्छन । अहिले चलचित्र रोजीमा काम गरिरहेका उनको  गत वर्ष मात्र दुई चलचित्रहरु प्रेम गीत २ र लिलिबिली प्रदर्शनमा आएका थिए जुन सफल पनि भएको थियो ।

अब भने यिनै चकलेटी अभिनेता प्रदिपलाई दूई ठुला ब्यानरबाट २ चलचित्रको अफर आएको जानकारी बाहिरिएको छ । उनलाई धुर्मुस-सुन्तलीले निर्माण गर्न लागेको चलचित्र  ‘एन्टीभाइरस’ र चलचित्र क्षेत्रमा छुट्टै ब्रान्ड बनाई सकेको ब्यानर मह-संचारले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’बाट पनि अफर आएको छ । दुवै चलचित्रहरुको स्क्रिप्ट सुनी सकेका प्रदिपलाई अब भने दुई मध्ये कुन चलचित्र खेल्ने भन्ने तनाव छ । प्रदिपले दुई ठुला ब्यानरबाट निर्माण हुन् लागेका चलचित्रहरु मध्ये कुनमा अभिनय गर्नेछन भन्ने बारे अहिले चासोको विषय बनेको छ ।

हाल चलचित्र लिलिबिली प्रदर्शनकालागि  अष्ट्रेलिया पुगेका उनि रोजीको सुटिंग सकिए लगत्तै चलचित्र ‘लभ स्टेसन’को छायांकनमा ब्यस्त हुनेछन ।

प्रतिक्रिया दिनुहोस्