सुदर्शन-पूजा: प्रेमी-प्रेमिका होइन, अब गुरु-चेला !



रंगखबर, काठमाडौँ – निर्देशक सुदर्शन थापाले पूजा शर्मालाई फिल्म ‘मधुमास’बाट डेब्यु गराए । त्यसयता सुदर्शनका सबै फिल्ममा पूजानै लिड रोलमा रहँदै आएकी छन् । सुदर्शनले पनि पूजालाई नै प्रत्येक फिल्ममा लिईरहेका छन् ।

अझ भन्नु पर्दा पूजा र सुदर्शनले सहकार्य गरेका सुरुवाती तीन फिल्म बक्स अफिसमा असफल थिए । त्यैपनि यी दुईको सहकार्य टुटेन । ‘प्रेमगीत’को सफलता पश्चात पूजा अभिनयमा मात्र नरहेर निर्माणमा पनि अगाडी आइन । ‘प्रेमगीत’ टिम फुट्दा पूजा र सुदर्शनको सहकार्य निरन्तर रह्यो ।


पूजाको निर्माणमा सुदर्शनले ‘म यस्तो गीत गाउँछु’ निर्देशन गरे । त्यहाँ पनि सफलता मिल्यो । अहिले यी दुईको ‘रामकहानी’ प्रदर्शनको क्रममा छ । यहाँसम्मको यात्रामा पूजा र सुदर्शनका प्रेमसम्वन्धका खबर पनि मिडियामा पाए । तर, पूजा र सुदर्शन आफु साथिहरु मात्र रहेको बताउदै आएका छन् ।

बेलाबखत अभिनेत्री सुष्मा कार्की र पूजाको दुस्मनीले सुदर्शन-पूजा प्रेमलाई छताछुल्ल पारिदिन्छ । सुष्मा जो सुदर्शनकी पुर्वप्रेमिका थिइन् ।

सुष्माको नजरमा पूजाका प्रेमी रहेका सुदर्शनलाई पूजाले नयाँ नाता दिएकी छन् । साथि मात्र भन्दै आएकी पूजाले गुरुपुर्णिमाका दिन सुदर्शनलाई गुरुको दर्जामा राख्दै स्टाटस पोस्ट गरेकी छन् ।

उनको स्टाटस यो बुझ्न सकिन्छ ‘कि अब सुदर्शन र पूजा प्रेमी-प्रेमिका होइनन् । गुरु-चेला हुन् ।’

प्रतिक्रिया दिनुहोस्