मनछुने लभस्टोरी ‘कायरा’: आर्यन-साम्राज्ञी



रंगखबर, काठमाडौँ – साउन १८ देखि प्रदर्शनमा आउने फिल्म ‘कायरा’ अहिले प्रचार उत्कर्षमा छ । मुख्य कलाकार आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाहदेखि निर्देशक लक्ष्मण रिजालसम्म प्रचारमा लागिपरेका छन् ।

यसैविच ‘कायरा’ टिमले पोखरा दर्शक तथा संचारकर्मी माँझ अन्तरक्रिया गरेको छ । शनिबार पोखरामा ‘कायरा’को बाइक र्याली निकालिएको थियो । त्यसपश्चात प्रेसमिट । पोखरेली मिडियासँग अन्तरक्रिया गर्ने क्रममा आर्यन, साम्राज्ञी र निर्देशक रिजालले राम्रो मन छाने लभस्टोरी फिल्म निर्माण गरेको भन्दै दर्शकलाई हेरिदिन आग्रह गरेका थिए ।

म्युजिकल लभस्टोरी फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारको अभिनय छ । आर्यनको होम प्रोडक्सनमा निर्मित फिल्मका कार्यकारी निर्माता राजकुमार भट्ट हुन् ।

फिल्ममा कोशिष क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्ममा केदार भुसालको पटकथा/संवाद र आर्यन सिग्देलको कथा छ ।

प्रतिक्रिया दिनुहोस्