खगेन्द्र र सुरक्षासँगै ‘गोपी’मा जोडीइन वर्षा



रंगखबर, काठमाडौँ – फिल्म समिक्षक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘गोपी’मा अभिनेत्री वर्षा सिवाकोटीको इन्ट्री भएको छ । फिल्मको पटकथा लेखन फाइनल भएसँगै वर्षालाई अनुबन्धित गरिएको निर्देशक लामाले बताए ।

घोषणाताका फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त फाइनल भएका थिए । वर्षाको इन्ट्रीले अब फिल्ममा ग्ल्यामर आउने अभिनेत्री पन्त बताउछिन । शिर्ष भूमिकाका खगेन्द्रले फिल्ममा दुई अभिनेत्रीसँग मायाप्रिती गाँस्नेछन् । खगेन्द्रले सुरक्षासँग ‘धनपति’ र वर्षासँग ‘पशुपति प्रसाद’मा स्क्रिन शेयर गरिसकेका छन् । भने, वर्षा र सुरक्षाले ‘भैरे’मा काम गरिसकेका छन् ।

पहिलेसँगै काम गरिसकेकाले ‘गोपी’मा काम गर्दा खुसि लागेको तीनै कलाकार बताउछन । ‘पशुपति प्रसाद’मा खगेन्द्रसँग केहि सिनमा मात्र स्क्रिन साटेकी वर्षाले ‘गोपी’मा अलि लामो केमेस्ट्री रहने बताउछिन ।

भदौ १ देखि काठमाडौँमा छायाँकन सुरु हुने फिल्मलाई आगामी चैत १५ गते रिलिजको टार्गेट राखिएको छ । आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा  अंकित खड्का, प्रकाश घिमिरे, भाेला सापकाेटा, हिउँबाला गाैतम, कुन्ती सिमालीलगायतले पनि अभिनय गर्नेछन् ।

फिल्ममा निर्देशक लामाको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र न्ह्यू बज्राचार्य/अर्जुन पोखरेल/कल्याण सिंहको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्