जसको बोल्डनेसलाई पत्याएन बलिउडले



 रंगखबर, काठमाडौँ-  बलिउड चलचित्र देव डी मा अभिनय गर्दा ताक नायिका माही गिलको सौन्दर्य चर्चा निकै भयो । उनले अभिनय गरेको फिल्म औसत भएपनि उनको अभिनय यात्रा भने सुखद रहेन ।

हुमा कुरैशीको पनि समस्या त्यहि नै रह्यो । अनुराग कश्यपको ग्याग्स अफ वासेरपुर हेरेर हुमाको सुन्दरताको तारिफ गर्ने निर्देशक स्वयंले उनलाई अन्य फिल्ममा अभिनय गराएनन् ।

उनले केही गीती एल्बममा पनि काम गरिन् तर, प्रभावकारी भएन ।

अक्षयकुमार अभिनित एयरलिफ्ट रिलिज हुँदै गर्दा निमरत कौरको सुन्दरताको चर्चा राम्रै भयो । फिल्म हिट भो अक्षयको तारिफ ब्यापक तर, निमरतलाई फेरि अर्को फिल्ममा लिने हिम्मत कसैले गरेन ।

कल्कि कोचिनको सौन्दर्य आम बलिउड नायिकाको भन्दा फरक थियो भन्नेहरु अहिले पनि छन् । उनले अभिनय गरेको दुई फिल्म देव डी र ये जवानी है दिवानी हेर्नेहरु  अहिले पनि उनको सौन्दर्य तारिफ गर्न हिच्किचाउदैनन् । तर, फिल्म एउटै छैन ।

नन्दिता दासको चर्चा अहिले पनि उत्तिकै हुन्छ । उनको फिल्म नहोस् पनि उनको तारिफ गर्नेहरु भन्छन् ‘बलिउडका निर्देशकले उनको सौन्दर्य बुझेनन् । हिन्दी चलचित्र फायरमा उनले गरेको अभिनय निकै सान्दार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्