अष्ट्रेलिया लगायतका विभिन्न देशहरुमा ‘पंचायत’ को प्रदर्शन



रंगखबर, काठमाडौँ- चलचित्र ‘पंचायत’ अब कतारमा पनि प्रदर्शन हुने भएको छ। मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा  चलचित्र ‘पंचायत’ यहि शुक्रबार अगस्ट ३ मा कतारमा प्रदर्शन हुने भएको हो। उक्त प्रदर्शनबाट उठेको पैसाले  मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने बताईएको छ।

ग्रान्ड मल सँगै रहेको एसियन टाउन सिनेमा हलमा शुक्रबार बेलुका चलचित्रको प्रदर्शन  गरिने छ। त्यस्तै  अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि चलचित्र ‘पंचायत’को प्रदर्शन हुदैछ।

अस्ट्रेलियाको प्रदर्शन बाट उठेको केहि पैसा सामाजिक कार्यमा लगाउने चलचित्रका प्रस्तुतकर्ता गणेश गिरी जानकारी दिए । अगस्ट १२ आईतबार बेलुका ६ बजे  सिभिक थिएटर हस्र्टभिली (Civic Theatre Hurstville ,Sydney)मा चलचित्रको प्रदर्शन हुदैछ ।

चलचित्र ‘पंचायत’ चेपाङ बालबालिकाहरुको सहयोगार्थ  युएईको विभिन्न सहरमा पनि प्रदर्शनमा आउदैछ ।चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २० ,२१ र २२मा युएईको अल एन ,दुबई र अबुधाबीमा बिशेष प्रदर्शन हुदैछ।

युएईको प्रदर्शन बाट उठेको पैसा चितवनमा रहेको चेपाङ बालबालिकाहरुलाई  लागि कार्य गर्दै आएको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिब तथा संचारकर्मी रमेश क्षितिजबताए ।

नेपालीमा, अमेरिका, जापान लागतका ठाउमा प्रदर्शन गरि सकिएको  ‘पंचायत’लाई चलचित्र हेरेका दर्शक बाट निकै राम्रो तारिफ मिलेको छ ।बिशेष गरेर नायिका नीता ढुंगानाको अभिनय भने खुलेरै तारिफ गरिएको छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पंचायत’मा सरोज खनाल र निता ढुङ्गाना मुख्य भूमिकामा छन् । चलचित्रमा खनाल, ढुंगानाका अलावा रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।

गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्

प्रतिक्रिया दिनुहोस्