हरर, कमेडी र लभस्टोरीको समिश्रण ‘रामकहानी’ ट्रेलर



रंगखबर, काठमाडौँ – पूजा-सुदर्शनको फिल्म ‘रामकहानी’को ट्रेलर रिलिज भएको छ । कमेडी लभस्टोरी भनिएको फिल्ममा केहि हरर कमेडी दृश्यहरु पनि समावेश गरिएको छ । जसले ट्रेलरमा ट्वीस्ट थप्न भूमिका खेलेको छ ।

पूजा शर्माको निर्माण र सुदर्शन थापाको निर्देशन बनेको फिल्मको ट्रेलरमा दीपक-दीपा क्याम्पका केदार घिमिरे र जितु नेपाललाई पनि राम्रै स्थान दिइएको छ । भने, पूजाको अपोजिटमा आकाश श्रेष्ठ छन् । विल्सनविक्रम राई र रविन्द्र झालाई पनि ट्रेलरमा समेटिएको छ ।

महेश दवाडी र दिनेश न्यौपानेको पटकथा/संवाद रहेको फिल्ममा राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको पनि अभिनय छ ।

निर्देशक थापाकै कथा रहेको फिल्म सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो । भदौ २२ गते रिलिज हुने फिल्ममा अर्जुन पोखरेलको शब्द/संगीत, सौरभ लामाको छायाँकन, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्