फनफनी घुम्याको कम्मरमा ‘छक्का पन्जा ३’को गीत पहिलो नम्बरमा



रंगखबर, काठमाडौँ – दीपक-दीपाको ‘छक्का पन्जा’ सिरिज बक्स अफिसमा पहिलो नम्बरमा छ । त्यसैले यसको तेस्रो इन्स्टलमेन्ट स्वरुप ‘छक्का पन्जा ३’ दशैँको छेकोमा रिलिज हुँदैछ ।

रिलिजको मिति नजिकिदै गर्दा निर्माण पक्षले ‘पहिलो नम्बर’मा बोलको गीत सार्वजनिक गर्यो । नामकै इज्जत राख्दै गीत युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको छ । रोचक कुरा त के छ भने गीतले चौंथो दिनसम्म आइपुग्दा २० लाख बढी भ्युज बटुलिसकेको छ । जुन भ्युज गति हिटको हो ।

विहेको पार्टी थिममा पूर्वेली र पश्चिमेली संगीतको समिश्रण रहेको गीतमा राजेन्द्र थापाले शब्द सिर्जना गरेका छन् । भने, दीपक शर्माको संगीत छ । गीतमा डेभिड शंकर र बिन्दु परियारले स्वर दिएका छन् ।  प्रियंका कार्की, दीपकराज गिरी, दीपिका प्रसाईं, दीपाश्री निरौला, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का, वर्षा राउत, संजोग कोइराला र सुमन गिरीलगायतले कम्मर मर्काएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

दीपाश्री निरौला निर्देशित फिल्ममा निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

फिल्ममा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्