दर्शकले रुचाए आर्यन-साम्रागीलाई, जान्नुहोस दुई दिने कलेक्सन



रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कायरा’लाई दर्शकहरुले रुचाएका छन । प्रदर्शन हेको पहिलो दिन पहिलो दिन शुक्रबार ६० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको फिल्मले शनिबार आएको वर्षाको पर्वाह नगरी दर्शकहरु बिहानी शोमा ९० प्रतिशत र दिवा शोमा शतप्रतिशत अकुपेन्सी कायम गरेको निर्माण पक्षले जानकारी दिएको छ । यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए । उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका फिल्महरु भन्दा उच्च रहेको दाबी गरेका छन् ।


शनिबार दर्शकहरुको प्रतिक्रिया बुझ्न फिल्मका लिड कलाकार आर्यन साम्रागी हल-हल पुगेका यो जोडीसँग तस्विर खिचाउन दर्शकको लामै ताँती थियो । अष्टनारायणमा त् यो जोडीले मध्यान्तर मै सिनेमा रोकेर दर्शकलाई फिल्म मन पराईदिएकोमा धन्यवाद समेत दिन भ्याए। शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले चलचित्र हेरे ।

त्यस्तै राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रह्यो । वितरक सुनिल मानन्धरले दिएको जानकारी अनुसार फिल्मको दुई दिने कलेक्सन १ करोड माथि नै पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्