‘रेनी’को पहिलो गीत र ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ- भदौ ८ बाट प्रदर्शनमा आउने चलचित्र ‘रेनी’को पहिलो गीत र ट्रेलर सार्वजनिक गरिएको छ।  त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको आइतबार राजधानीमा पत्रकार सम्मेलन गराउदै गीत र ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र दिपक ढकाल र सनम मल्ल केन्द्रित छन् । त्यस्तै निर्माण टिमले सार्वजनिक गरेको ‘मलाई नाई नभन’ बोलको गीतमा दिपक र सनमको केमेस्ट्रीलाई देख्न सकिन्छ । पुस्कर सुनुवारको आवाजमा सजिएको उक्त गीतमा बिनोद खुम्बु र गायक स्वयम् कै संगीत  छ ।

गीत हेर्नुस:

 

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको चलचित्र रेनी मा सरोज खनाल, सुरवीर  पण्डित,दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल मुख्य भूमिकामा छन्।

गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन्  । काठमाडौ उपत्यका तथा कुलेखानी लगायतका ठाउँमा खिचिएको  चलचित्र   एक्शन,लभ,कमेडी जनराको छ।

प्रतिक्रिया दिनुहोस्