करोड क्लबमा पुगेसँगै ‘कायरा’को ‘रंग छ कहाँ’ – भिडियो



रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा  फिल्म कायराले अहिले दर्शकहरुको मन जिती रहेको छ । लगातार आएको बर्षाको पर्वाह नगरी दर्शकहरु अहिले आर्यन-साम्रागीको जोडीलाई हेर्न हल सम्म पुगिरहेका छन । प्रदर्शन भएको तेश्रो दिन सम्म आईपुग्दा फिल्म करोड क्लबमा पुगी सकेको छ। पहिलो दिन शुक्रबार करिव ३५ लाख बराबरको कारोबार गरेको फिल्मले शनिबार ६२ लाख बढीको व्यापार गरेको थियो। तेश्रो दिन १५ लाख बराबरको कारोबार गर्न सफल भएको फिल्मले आफुलाई करोड क्लबमा इन्ट्री गर्न सफल बनि सकेको छ ।

फिल्म सफल बनिरहेको बेला निर्माण टिमले फिल्ममा समावेश नँया गीत सार्वजनिक गरेको छ । सार्वजनिक ‘रंग छ कहा’ बोल रहेको गीतमा केतन क्षेत्रीको आवाज, आर्यन सिग्देलको शब्द र कोशिश क्षेत्रीको संगीत रहेको छ । आर्यन सिग्देलको निर्माण र लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्रमा आर्यन र साम्रागीका अलावा शिशिर राणा, हितेश शर्मा, त्रोयश न्यौपाने आदि कलाकारहरुको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्