सकियो ‘प्रसाद’को सम्पूर्ण छायांकन



रंगखबर, काठमाडौँ- गत असारको पहिलो साताबाट फ्लोरमा गएको चलचित्र ‘प्रसाद’को सम्पूर्ण छायांकन सकिएको छ । आइतबार काठमाडौँमा  निर्माण टिमले फिल्मको इन्ड क्ल्याप प्रोग्राम गर्दै सम्पूर्ण छायांकन सकिएको घोषणा गरेको हो । निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका  रहेको छ ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन भने राजेश श्रेष्ठले खिचेका फिल्ममा सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । रंग पत्रकार सुशील पौडेलको कथामा आधारित फिल्ममा एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन ।  फिल्म यहि आउँदो  मंसिर २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ।

 

प्रतिक्रिया दिनुहोस्