पत्याएनन् श्रृष्टीलाई दर्शकले



रंगखबर, काठमाडौँ- फिल्म गाजलुबाट एकाएक चर्चामा आएकी अभिनेत्री हुन श्रृष्टी श्रेष्ठ । डेब्यु फिल्मले नै बक्स अफिसमा धमाल मचाउन सफल भए पछि यी गाजलु गर्ललाई सिने नगरीमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिन थलिएको थियो । गाजलु पछि करिब २ वर्षको अन्तरालमा उनी फिल्म ‘रोमियो एण्ड मुना मार्फत’ देखा परीन ।

 

गत साउन ११ गतेबाट अल नेपाल रिलिज भएको फिल्म रोमियो एण्ड मुनाले एक हप्ता पनि दर्शकको मन जित्न सकेन या भनौ श्रृष्टीलाई दर्शकले एक हप्ता नपुग्दै ठाडै अस्वीकार गरिदिए । लामो समय पछि सिने नगरीमा फर्किएकी श्रृष्टीलाई फिल्ममा उनले गरेको अभिनय राम्रो हुँदा हुदैँ पनि  दर्शकले पत्याएनन । अहिले श्रृष्टीले अभिनय गरेको अर्को फिल्म ‘बाँध मायाले’ प्रदर्शनको संघारमा छ । अब हेर्न यो  बाँकी छ कि उनको यो फिल्म प्रति दर्शकको चासो देखाउने छन ।

 

प्रतिक्रिया दिनुहोस्