देश दौडाहमा ‘ब्ल्याक’ टिम



रंगखबर, काठमाडौँ- आकाश श्रेष्ठ तथा आँचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘ब्ल्याक’ को निर्माण टीम यतिबेला चलचित्र प्रचार प्रसारमा ब्यस्त बनेको छ। चलचित्रका मुख्य कलाकार सहित निर्माण टीम यतीबेला प्रचारका लागी पूर्वी नेपाल पुगेको छ। बिर्तामोड र दमक प्रोमोसन सकेर इटहरी पुगेकी निर्मात्री आश्मा पाण्डेले चलचित्र निर्माणमा कुनै लोभ नगरी उत्कृष्ट बनाउन खोजिएको जानकारी दिइन। साथै आफुले पुर्वका दर्शकहरुबाट साथ र सहयोगको आशा राखेको बताईन्।

चलचित्रका बारेमा बोल्दै अभिनेत्री आचल र अभिनेता आकाशले पनि चलचित्र ब्ल्याकले अरुभन्दा फरक कथा बोकेको बताए। साथै आफुले चलचित्र लागी धेरै मेहनत गरेको समेत बताए।

चलचित्र निर्माण टीमले सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवलहुँदै पोखरा पुगेर स्थानिय सञ्चारकर्मी तथा दर्शकसँगको साक्षात्कारपछि आफ्नो यात्रा टुङ्ग्याउने छ ।

प्रदीप श्रेष्ठ निर्देशन रहेको चलचित्रको निर्माण भने आश्मा पाण्डेले निर्माण गरेकी हुन । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा आकाश र आँचलका साथमा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको पनि अभिनय छ । चलचित्र यहि भदौ १ गतेदेखि  प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्